Breaking News

चितवनको रामपुर आसपासमा क्षेत्रमा भारी बर्षा मापन,सर्तकता अपनाउन आग्रह

Banner

चितवन,साउन १५-

चितवनको रामपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । पछिल्लो एक घण्टामा ठूलो पानी परेकाले रामपुर र आसपासका क्षेत्रका होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, आज १० जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको छ । महाशाखाका अनुसार चितवनसहित नवलपरासी पूर्व, इलाम, झापा, सङ्खुवासभा, उदयपुर, सिन्धुली, तनहुँ, कास्की, दार्चुला र आसपासका क्षेत्रका साना नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।

यसैबीच, अबको तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । आज, भोलि र पर्सि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>