चितवन विशेष
अक्षर समूह चितवनको अध्यक्षमा रमेश प्रभात
०

चितवन, साउन १४–
लेखक, साहित्यकारहरुको संस्था अक्षर समूह चितवनको अध्यक्षमा रमेश प्रभात चयन भएका छन् ।
शनिबार गैंडाकोटमा सम्पन्न पाँचौँ अधिवेशनले सर्वसम्मत रुपमा प्रभातलाई अध्यक्षमा चयन गरेको हो । ७ सदस्यीय नयाँ कार्यसमितिको सचिवमा भने लेखराम सापकोटा चयन भएका छन् । यस्तै कोषाध्यक्षमा लक्ष्मी घिमिरे चयन भएको सचिव सापकोटाले जानकारी दिए । समूहको सदस्यहरुमा उदय अधिकारी, डाक्टर एकनारायण पौडेल, अजिता अधिकारी र सूर्यप्रकाश कँडेल चयन भएका छन् ।
सर्वसम्मत चयन भएको समितिका सबै पदाधिकारीलाई निवर्तमान अध्यक्ष प्रभाकर पण्डितले टीका र खादाले स्वागत गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























