चितवन विशेष
नारायणगढको जोरकुसुम पार्कबाट खसेर एक पुरुष नारायणीमा वेपत्ता
०

चितवन,साउन १२-
नारायणी नदीमा खसेर एक पुरुष वेपत्ता भएका छन् । आज (बिहिबार) अपरान्ह ५ बजेको समयमा भरतपुर महानगरपालिका १ नारायणगढस्थित जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा नारायणीमा खसेर गोरखा आरुघाट घरभई हाल भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने ४५ बर्षिय रमेश खनाल बेपत्ता भएका हुन् । उनको बिपद् उद्धारसहितको टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























