Breaking News

चितवन र आसपासका क्षेत्रमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

Banner

चितवन,साउन १२-

आज देशभर मनसुन सक्रिय देखिएको छ । चितवन र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, वनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको वर्षा बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो क्षेत्र भएर बहने रिउखोला र अन्य खहरे खोलामा आकस्मिक बाढी आउनसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भएको छ । र, थप वर्षा हुनसक्ने भएकाले राप्तीलगायत अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्ने र डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ ।

आज प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>