Breaking News
चितवनका कुमार थापा आक्रमण प्रकरणः खैरहनीका सोचेन्द्र राई काठमाडौंको बालाजुबाट पक्राउ, आजै चितवन ल्याईदै
०

चितवन, साउन ११–
गत स्थानीय तह निर्वाचनको केही दिन अगाडि पूर्वीचितवनको खैरहनीमा भएको एक सांघातिक आक्रमणको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
कुमार थापालाई आक्रमण गरेको अभियोगमा खैरहनी निवासी ३२ वर्षीय ‘र्याक्स’ भनिने सोचेन्द्र राई पक्राउ परेका हुन् । उनलाई काठमाडौंस्थित बालाजुबाट जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको विशेष टोलीले आज साँझ ५ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई चितवन ल्याउने तयारी गरिरहेको प्रहरी स्रोतले जनाएको छ । राईलाई चितवन ल्याएपछि थप घटना विवरण सार्वजनिक गरिने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























