चितवन विशेष

चितवनमा भन्सार छलेर ल्याएको ५५ लाख बढिको चिनीसहित ट्रक नियन्त्रणमा

Banner

चितवन,साउन ९-

चितवनमा भन्सार छलेर ल्याएको चिनीसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउसो २ बजे खैरहनी नगरपालिका ६ पुरानो पर्साबाट चिनीसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा प्रहरीले लु २ ख १०३२ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षक अनोज विकको कमाण्ड टोलीले नियन्त्रणमा लिएको छ । प्रहरीले खैरहनी ६ को पराजुली खाद्य उद्योग अगाडी रोकिराखेको ट्रकमा प्रतिबोरा ५० किलोको ४२० बोरा (२१० क्विनटल) चिनी रहेको जनाएको छ । सो चिनीको बजार मूल्य ५५ लाख ६९ हजार रहेको छ । ट्रकका चालकलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>