चितवन विशेष

नेवाः पुचः नारायणगढले गठेमङ्गल जात्रा मनाउने

Banner

चितवन,साउन ८-

नेवाः पुचः नारायणगढले चितवनमा पहिलो पटक गठेमङ्गल जात्रा मनाउने भएको छ । गठेमङ्गल जात्रा विशेष गरेर नेवारी समुदायले मनाउँछन् ।

वर्षभरिका चर्तुदशीहरूमध्ये गठेमङ्गल चतुर्दशीको महत्व निकै फरक अनि व्यवहारिक भएको भन्दै गठेमङ्गल जात्रा मनाउन लागिएको हो । यस दिनबाट औपचारिक रूपमा उपत्यकामा जात्राको सुरुआत भएको मानिन्छ । यो चतुर्दशीलाई धातु दिनको रूपमा पनि लिइन्छ । नेवाः शब्द गथांमुगः अपभ्रंश हुँदै नेपालीमा गठेमङ्गल भएको हो ।

यो दिन बाटा–बाटामा राक्षस या प्रेत आत्माका लागि भनेर पात या बोहोता, दुना टपरीमा पाकेका भात अनि खानेकुरा राखिन्छ । मुख्यतया दोबाटामा यस्ता खानेकुरा राखिन्छ । यस्ता खानेकुरा राख्नाले र पूजा अर्चना गर्नाले भूतप्रेत, पिशाचलगायत हावा, आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यबाट समेत जोगिन्छ विश्वास गरिन्छ ।

यही श्रावण १० गते मङ्गलबार बिहान ८ बजे बालकुमारी कन्या माध्यमिक विद्यालय अगाडिको चोकमा राक्षस घण्टाकर्णको प्रतिमा स्थापना गरेर दिनभरी राखिने नेवाः पुचःले जनाएको छ । त्यस्तै साँझको ५ बजे बाजा गाजासहित पूजा गरेर सगुन खाएर प्रतिमालाई नारायणी नदीमा सेलाउने कार्यक्रम राखिएको भन्दै नेवाः पुचः नारायणगढले सम्पुर्ण नगरवासीलाई उक्त कार्यक्रममा सहभागिताको लागि अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>