चितवन विशेष

चितवनसहित विभिन्न जिल्लाका ५० क्लबलाई सेन्ट्रल कलेजको फुटबल सहयोग

Banner

चितवन,साउन ७-

चितवन जिल्ला र आसपासमा रहेका फुटवल अन्य क्लबहरुलाई सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेडिङ प्रालि शहिदचोकले फुटबल सहयोग गरेको छ । आज (शनिवार) भरतपुरमा आयोजित कार्यक्रम मार्फत कलेजले ५० क्लबलाई १ सय बढि फुटबल सहयोग गरेको हो ।

क्लबका प्रतिनिधिहरुलाई सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेडिङ प्रालिका प्रिन्सिपल यज्ञ विलास पौडेल ‘वाइबी’ ले फुटबल हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै प्रिन्सिपल पौडेलले सेन्ट्रल कलेज निरन्तर सामाजिक काममा सक्रिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘युवा र खेलकुदको क्षेत्रमा बर्षैदेखि सेन्ट्रल कलेजले काम गर्दै आएको छ,यसलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।’उहाँले खेलकुद र त्यसमा पनि फुटबललाई बिशेष प्राथमिकतामा राखेर सेन्ट्रल कलेजले सहयोगका कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

विभिन्न क्लबहरुले आयोजना गर्ने प्रतियोगितामा पुरस्कार र अन्य सामाग्री सेन्ट्रल कलेजले सहयोग गर्दै आइरहेको पौडेलको भनाई छ । कार्यक्रममा चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्कीले खेलकुदको क्षेत्रमा निरन्तर सहयोग गरिरहेको भन्दै सेन्ट्रल कलेजलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले शैक्षिक क्षेत्रमा लागेको संस्थाले खेलकुदको विकास र विस्तारका लागि गरेको सहयोग प्रशंसनिय रहेको धरणा राख्नुभयो ।

कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष र प्रतिनिधिहरुले विभिन्न समस्या र भोगाईबारे जानकारी प्रस्तुत गरेका थिए । सेन्ट्रल कलेज अष्ट्रेलिया,जापान,क्यानडा लगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श दिने उत्कृष्ट शैक्षिक संस्था हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>