Breaking News
पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नलागी सम्मृद्ध नेपाल सुखी नेपाल बनाउछुः ओली
०

काठमाडौँ, साउन ७-
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा उनले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
आज (शनिबार) आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालको काम र योगदानको प्रेरणा लिएर आज यस ठाउमा आइपुगेकोले दायाँबायाँ नगर्ने बताएका हुन् । पुष्पलालको २०३५ सालमा भारत निर्वासनकै क्रममा विरामीपछि निधन भएको थियो । उनको शव तत्कालिन पञ्चायत शासकले नेपाल ल्याउन प्रतिवन्ध लगाएपछि भारतमै दाहसंस्कार गरिएको थियो ।
त्यस्तै ओलीले भने, ‘यस पार्टीको अध्यक्षको हैसियतले म भन्छु पुष्पलाल र अरु सहिदहरुले देखाएको बाटोबाट अलिकति पनि दायाँबायाँ गर्ने छैनौ र नेपाली समाजलाई सम्मृद्ध नेपाल सुखी नेपाली र स्वतन्त्र नेपाल बनाएर छोड्ने छु । ‘
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























