चितवन विशेष

प्रेस युनियन चितवन देशकै उत्कृष्ट शाखा,नवौं राष्ट्रिय महाधिवेशनमा सम्मान

Banner

चितवन,साउन ६-

नेपाल प्रेस युनियन चितवतन शाखा देशमै उत्कृष्ट भएको छ । युनियनको हेटौंडामा शुक्रबारदेखि शुरु भएको नवौं राष्ट्रिय महाधिवेशनमा चितवन शाखालाई उत्कृष्ट घोषणा गर्दै पूर्व अध्यक्ष नारायण अधिकारी र वर्तमान अध्यक्ष अनिल ढकाललाई सम्मान गरिएको हो ।

युनियनको आफ्नै नाममा जग्गा प्राप्त गरी कार्यालय भवन निर्माण गरेको भन्दै सम्मान गरिएको छ । अधिकारी नेतृत्वको चितवन शाखाले जग्गा प्राप्त गरी भवन निर्माण गरेको थियो । नेपाल पत्रकार महासंघ बाहेक पत्रकार सम्बद्ध संघ संगठनको युनियनको चितवन शाखा भवन पहिलो र एकमात्रै भएको अधिकारीले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नं. ११, गोर्खाली टोलमा समाजसेवी सुश्री मैयादेवी श्रेष्ठले उपलब्ध गराउनु भएको जग्गामा युनियनले एक सय जना क्षमताको सभाकक्ष सहित कार्यालय भवन निर्माण गरेको छ ।

महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गर्नुभएको हो । महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>