चितवन विशेष

नारायणगढदेखि काठमाडौंको बस भाडा बढ्यो, अब यात्रुले ४५० तिर्नुपर्ने

Banner

चितवन,साउन ६-

चितवनको नारायणगढदेखि काठमाडौंसम्म पुग्ने बस भाडा बढेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेसंगै नारायणगढ काठमाडौंको भाडा पनि बढेको हो । अब यात्रुले नारायणगढबाट काठमाडौं जादा ४५० भाडा तिनुपर्ने छ ।

यस्तै चितवनको रामपुरदेखि काठमाडौं सम्मको भाडा ४७८ रुपैयाँ कायम गरएको छ । नारायणगढदेखि धादिङ वेशीसम्मको भाडा ३११ रुपैयाँ तोकिएको छ । सो भाडादरमा यात्रुले १५ केजीसम्म निशुल्क र सो भन्दा बढी १० केजीसम्म प्रतिकेजी रु. ५ का दरले भाडा भुक्तानी गर्नुपर्ने छ । प्रदेश मन्त्री घनश्याम दाहालले साउन ५ गतेदेखि लागू हुने गरी भाडा वृद्धिको निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

सो अनुसार उपत्यकाबाहिरका क्षेत्रमा यसअघिको भाडामा ८.३९ प्रतिशतले भाडा वृद्धि भएको हो । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । साउन २ गते मन्त्री घनश्याम दाहालले साउन ५ गतेदेखि लागू हुने गरी भाडा वृद्धिको निर्णय गरेका मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>