चितवन विशेष

भरतपुरको पुरानो मेडिकल कलेज अगाडि मान्छेको टाउको भेटियो,अस्पतालले लापरवाही गरेको आशंका

Banner

चितवन, साउन ६ –

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज अगाडि मान्छेको टाउको भेटिएको छ । आज (शुक्रबार) विहान मेडिकल कलेज अगाडि मान्छेको टाउको भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

टाउकोको प्रकृति हेर्दा फोरेन्सिक (पोष्टमाटम) का लागि प्रयोग भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार मान्छेको टाउको कुकुरले सडक छेउसम्म ल्याएको हुनसक्ने अनुमान गरिएको छ । सो बरे थप अनुसन्धन भइरहेको छ भने टाउको भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले टाउको पुरुष व्यक्तिको भएको बताउनुभयो ।

पुरानो मेडिकल कलेजले मान्छेको मृत शरिरको परीक्षण अध्ययन गर्दै आइरहेको छ । पुरानो मेडिकल कलेजको लापरवाहीका कारण नै मान्छेको टाउको सडकमा ल्याइपुर्‍याएको आरोप लागेको छ । अस्पतालका डा. राजेश यादवले फोरेन्सिकका डाक्टरहरुसंग यसबारे थप सोधपुछ भइरहेको बताउनुभयो ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>