चितवन विशेष

इटहरीकी युवतीसँग फेसबुकमा चिनजानपछि चितवनमा भेट, पोखरा लगेर बलात्कार

Banner

चितवन,साउन ६-

सामूहिक बलात्कारको आरोपमा नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् । पाण्डे हाल कास्की प्रहरीको हिरासतमा छन् । अर्का आरोपी राजु राउत भने फरार रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए ।

‘बलात्कार आरोपपछि हामीले पाण्डेलाई पक्राउ गरेका हौं । अर्का आरोपी राजु राउत भने फरार छन् । उनको खोजी गरिरहेका छौं’, डीएसपी तिवारीले भने ।
पीडित युवतीले महानगरीय प्रहरी वृत्त मालीगाउँमा जाहेरी दिए पनि घटना पोखरामा भएको भन्दै कास्की प्रहरीलाई पठाइएको थियो । जाहेरी दर्ता भएपछि पाण्डे पक्राउ परेका थिए । पाण्डे नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क)का प्रवक्ता हुन् । उनी गत असार २५ गते मनमैजुस्थित आफू सञ्चालक रहेको क्लब लोटसबाट पक्राउ परेको बुझिएको छ ।

फरार राउत भास्ट वीन इन्जिनियरिङ कन्सल्टेन्सीका सन्चालक एवं इन्जिनियर तथा हाउजिङ व्यवसायी हुन् । कांग्रेस नेता पाण्डे पनि विभिन्न व्यवसायमा संलग्न छन् । चारजना मिलेर युवतीलाई पोखरा लगे पनि उनले दुईजनाविरुद्धमात्र जाहेरी दिएकी छन् । राउतमार्फत चिनेर आफू पोखरा गएको युवतीको बयानमा उल्लेख छ ।
आरोपी राउत र पीडित युवतीबीच ७÷८ महिना अघि टिकटक लाइभमार्फत चिनजान भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । इटहरी घर भएकी ती युवतीलाई करिब दुई साताअघि काठमाडौं बोलाइएको थियो ।

राउत र पाण्डेले आफूहरु चितवनमा रहेको भन्दै उतै बोलाएका थिए । चितवनबाट युवतीसहित ५ जना असार २२ गते पोखरा पुगेको बताइएको छ । पोखरामा एक रात बस्ने क्रममा आफूमाथि सामूहिक बलात्कार भएको ती युवतीको दाबी छ । चितवनबाट चार गए पनि आफूलाई राउत र पाण्डेले मात्र बलात्कार गरेको युवतीले जाहेरीमा उल्लेख गरेकी छन् । काठमाडौं फर्कने क्रममा आफूलाई अन्य दुई जनाले दुव्र्यवहार पनि गरेको युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।

काठमाडौंमा फर्किएपछि आरोपीहरुले बुक गरेको होटलमा बसेकी ती युवतीले भोलिपल्ट आफू पोखरामा बलात्कारमा परेको भन्दै जाहेरी दिएको बुझिएको छ । कास्की प्रहरी प्रवक्ता तिवारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>