चितवन विशेष

चितवनको चुम्लिङटारमा बस र विङ्गनर गाडी दुर्घटना, एकको मृत्यु,१८ जना घाइते

Banner

चितवन,साउन ५-

चितवनको इच्छाकामना गाउँपालिका वडा नं–३ स्थित पृथ्वीराजमार्गको चुम्लिङटारमा बस र विङ्गनर गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको विङ्गनर गाडी बिहीबार बेलुकी ५ः२० बजेको समयमा एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो ।

दुर्घटनामा नामथर वतन नखुलेको ३५ वर्षीय पुरुष व्यक्तिको चितवन मेडिकल कलेजमा ६ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरुमा विङगरमा सवार गुल्मी तम्घास नगरपालिका १ बस्ने वर्ष २७ को आशिष पन्थी, रुपन्देहीको देवदह ६ बस्ने वर्ष २६ की लक्ष्मी श्रेष्ठ, सुनसरीको हरिनगर गाउँपालिका ५ बस्ने वर्ष ४३ को प्रकाशकुमार मेहेता, रुपदेन्ही बस्ने वर्ष २७ को सुमित शर्मा, रत्ननगर नगरपालिका १३ बस्ने वर्ष २६ को सविना पोख्रेल रहेका छन् ।

यस्तै, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको घाइतेहरुमा विङगर चालक रुपन्देही बुटवल नगरपालिका २ बस्ने वर्ष २५ को कमल दर्जी, सोही बसका साहु नवलपरासी सुनौल नगरपालिका ७ बस्ने वर्ष ३० को कृष्णबहादुर राक्स्य, भरतपुर ११ भोजाड बस्ने वर्ष ३७ को सुशीला पौड्याल, सोही ठाउँका वर्ष १२ का दीपशिखा पौड्याल, वर्ष १० का दिप्सन पौड्याल रहेका छन् ।

यस्तै, नवलपुर गैँडाकोट २ बस्ने वर्ष ४० की पार्वती ढकाल, गुल्मी मदाने ६ बस्ने वर्ष ४० को कृष्णबहादुर घर्ती क्षेत्री, नवलपरासी अरुणखोला मध्यबिन्दु ११ बस्ने वर्ष ३४ को बाबुराम परियार, रुपन्देही देवदह २ बस्ने वर्ष २२ को शिव सारु, नवलपुर गैँडाकोट २ बस्ने वर्ष १२ की नुतन ढकाल, बसको सहचालक डोटी जुराइल १ बस्ने वर्ष २४ को हिरज डाँगी र बझाङ बुङ्गल ११ बस्ने वर्ष १९ को खड्क पातलीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>