चितवन विशेष

भरतपुरमा भोलि ग्लोबल रिचको अष्ट्रेलियन एजुकेसन एक्जिव्युसन हुने

Banner

चितवन,साउन ५-

शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिच चितवनको आयोजनामा भोलि (शुक्रबार) भरतपुरमा अष्ट्रेलियन एजुकेसन एक्जिव्युसन हुने भएको छ । भरतपुरको गार्डेन रिसोर्टमा विहान १० बजेदेखि ३ बजेसम्म एक्जिव्युसन संचालन हुनेछ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका देशमा जान चाहाने विद्यार्थीलाई लक्षित गरेर एक्जिव्युसन आयोजना गरिएको शाखा प्रमुख सुरेश पौडेलले जानकारी दिनुभयो । ‘क्यानडा, युएस लगायत अन्य देशमा जान चाहाने विद्यार्थीहरु पनि एक्जिव्युसनमा आउन सक्नुहुन्छ,पौडेलले भन्नुभयो’,यहाँ आइसकेपछि विद्यार्थीले चाहेको परामर्श प्राप्त गर्न सक्नुहुनेछ ।’ एक्जिव्युसनमा प्रवेश निःशुल्क व्यवस्था गरिएको छ ।

एक्जिव्युसनमा अष्ट्रेलियाका ११ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको सहभागिता रहनेछ । कोरोना महामारीपछि अष्ट्रेलिया सरकारले ल्याएको नयाँ शिक्षा नीति, रोजगारीको अवसर, आवश्यक पर्ने डकुमेन्ट, विभिन्न कोर्ष तथा विषय, भर्ना प्रक्रिया, फि स्टक्चरलगायतका बारेमा सम्पूर्ण जानकारी विद्यार्थीलाई एउटै थलोबाट उपलब्ध गराउने उद्देश्यले एक्जिव्यूसन आयोजना गरिएको पौडेलले बताउनुभयो । प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर आफ्नो जिज्ञासा मेटाउने अवसर उक्त एक्जिव्युसनमा मिल्ने पौडेलको भनाई छ । उहाँले भन्नुभयो, ‘उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि एक्जिव्यूसन उपलब्धीपूर्ण हुनेछ ।’
बैंङकिङ जानकारीका लागि ग्लोबल आइएमई र नेपाल एसविआई बैंकको स्टल समेत एक्जिव्युसनमा रहनेछ । यस्तै आइएलटिएस सम्बन्धि जानकारीका लागि व्रिटिस काउन्सिलको समेत एक्जिव्युसनमा सहभागिता रहनेछ ।

एक्जिव्युसनमा अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, सेन्ट्रल क्वीनसल्याण्ड युनिभर्सिटी,इडिटक्राउन युनिभर्सिटी लगायतका कलेज र युनिभर्सिटीका प्रतिनिधिहरुको सहभागिता रहने पौडेलले बताउनुभयो । उहाँले पाँच सय विद्यार्थी सहभागि हुने अपेक्षा राखिएको जानकारी दिनुभयो । ग्लोबल रिच चितवनबाट अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी पठाउने उत्कृष्ट शैक्षिक परामर्श केन्द्रको रुपमा स्थापित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>