चितवन विशेष

अब नारायणी नदीले दुःख दिदैँनः मेयर दाहाल

Banner

चितवन, साउन ३–

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अब कहिले पनि नारायणी नदीले दुःख नदिने बताउनु भएको छ ।

मंगलबार भरतपुर–१७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धनको काम अगाडि बढेको बताउनुभयो ।

नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रासमा बस्नु पर्ने अवस्थाको दीर्घकालिन रुपमा समधान भएको मेयर दाहालले दाबी गर्नुभयो ।
“नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुँदैछ”उहाँले भन्नुभयो,‘विगतमा वर्षातको समयमा टालटुल पार्ने काम हुन्थ्यो । ५० लाखभन्दा बढीको काम हुन्थिएन । तर अहिले पौने ५ अर्ब रुपैयाँ बजेट विनियोजन भई ४ वटा प्याकेजको ठेक्का भइसेकेको छ । अब शिवघाट देखि नारायणगढ बजारसम्मको टेन्डर भइसकेको छ । बाढी रोकिएपछि तीब्र गतिमा काम अगाडि बढ्छ ।’
मेयर दाहालले मेघौली, गोलाघाट, शिवघाट हुँदै नारायणगढ बजारसम्म तटबन्धन निर्माणको काम सम्पन्न भएसँगै नारायणी छेउमा रहेका वस्तीका बासिन्दाले विगतमा जस्तो वर्षा लाग्दा चिन्तित हुन नपर्ने उल्लेख गर्नुभयो ।
नारायणीको समस्याबारे विगतमा यहाँका बासिन्दाले महानगरपालिकालाई ध्यानार्कषण गरेकै कारण संघीय सरकारलाई पहल गरी यति ठूलो बजेट ल्याउन सकेको उहाँको भनाई छ ।

विगतको ५ वर्ष पनि जनताको चहाना अनुसार विकासका कार्यहरुलाई अगाडि बढाएको स्मरण गर्दै मेयर दाहालले अबको कार्यकालमा जनप्रतिनिधि होस् त यस्तो होस् भन्ने उदाहरण पेश गर्ने गरी काम गर्ने बताउनुभयो ।
भरतपुर महानगरपालिकामा भइरहेको सडक निर्माणमा ३० प्रतिशत सडकहरु ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको यो विषयमा महानगरपालिकाको गभ्भीर ध्यानकार्षण भएको धारणा राख्नुभयो ।
सडक निर्माणको कामलाई निरन्तरता दिन महानगरपालिकाले ठेकेदारहरुलाई कालोसूचीमा राख्ने, ठेक्का रद्द गर्ने लगायतको कामलाई अघि बढाएको मेयर दाहालको भनाई थियो ।

त्यस्तै मेयर दाहालले भरतपुरको कृषि क्षेत्रको विकासको लागि विभिन्न अनुदानको कार्यक्रमलाई अगाडि बढाएको पनि उल्लेख गर्नुभयो । विषेश गरी पश्चिम चितवनका खेतीयोग्य जग्गामा उत्पादन गर्न सिंचाईका लागि हजारभन्दा बढी बोरिङहरु अनुदानमा वितरण गरेको जानकारी दिनुभयो । उहाँले अबको केही वर्षमा पश्चिम चितवनमा सिंचाईका कारण कुनै पनि खेत बाझो राख्न नपर्ने उल्लेख गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>