चितवन विशेष

नेवाः पुचः नारायणगढको कार्यशाला गोष्ठी

Banner

चितवन, साउन ३–

नेवाः पुचः नारायणगढको कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शुक्रकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यशाला गोष्ठीमा नेवाः देदबूका केन्द्रीय अध्यक्ष पवित्रमान बज्राचार्य प्रमुख अतिथि तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ विशिष्ट अतिथि रहनु भएको थियो । गोष्ठीमा सहजकर्ताको भूमिका नेवाः ल्याम्मो दबूका अध्यक्ष सुदनमान मुनिकार र दिपक विष्टले निभाउनु भएको थियोे । हालै मात्र सम्पन्न नेवाः पुचः नारायणगढको १३औं अधिवेशनले शुक्रकुमार श्रेष्ठको अध्यक्षतामा १७ कार्यसमिति सदस्य निर्वाचित गरेको हो ।

संस्थाले गत वर्षका कार्यशाला गोष्ठीहरूमा संस्थाको भवनलाई आकर्षक नेवारी शैली र परम्परा अनुसारको निर्माण सम्पन्न गर्न विशेष जोड दिएकोमा सोही अनुसार कार्य सम्पन्न हुँदै आएको र यस कार्यशाला गोष्ठीबाट संस्थाको आर्थिक सबलता, नेवाः भाषा तथा संस्कृतिको संरक्षण र सम्बद्र्धन, संस्थागत विकास, सदस्यता अभिवृद्धि तथा सदस्यहरूको क्षमता विकास, भौतिक पूर्वाधार, सचिवालय सुदृढीकरणका, संस्थाको रजत जयन्ती मनाउने आदि विषयमा ठोस कार्ययोजना बनाएको छ ।

उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार र पूर्व अध्यक्षज्यूहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>