Breaking News

अर्थमन्त्रालयको ‘सीसीटीभी फूटेज खोज्दै छौँ, फ्याट्टै निक्लन सक्छ’ः छानबिन समिति

Banner

काठमाडौं,साउन ३-

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि छानबिन गर्नेगरी बनेको विशेष संसदीय समितिले सीसीटीभी फूटेज भेटिने विश्वास व्यक्त गरेको छ । समितिका सदस्य लक्ष्मणलाल कर्णले  भने, ‘सीसीटीभी फूटेज खोजिरहेकै छौँ, फ्याट्टै निक्लन सक्छ ।’ समितिले ‘सीसीटीभी फूटेज हरायो’ भनेर नसोचेको समेत उनले बताएका छन् । थपे, ‘अस्ति अर्थमन्त्रालयले भनेको तपाईंहरूले पनि सुन्नुभयो होला, सिंहदरबारभित्र सीसीटीभी फूटेज हराउँछ भनेर नसोचेको कुरा । हामीलाई पनि यस्तै लाग्छ । हामी खोजिरहेका छौँ ।’

त्यसो त यसअघि सोमबार बसेको बैठकमा धेरै सदस्यहरूले फूटेज पाउन नसकिने ब्रिफीङ्ग गरेका थिए । एक सदस्यकाअनुसार सदस्यहरूले फूटेज भेटाउन गाह्रो पर्ने हो कि भन्ने आशङ्का व्यक्त गरेका थिए । ‘समितिले अर्थ मन्त्रालयको सीसीटीभी फूटेज रिस्टोर हुने सफ्टवेयर मगाए पनि केही पनि भेटिएन,’ सोमबार नै एक सदस्यले भनेका छन्, ‘त्यो भएर यसमा अलिकति शङ्काजस्तो उत्पन्न भएको छ ।’ उसो त अवस्था ठ्याक्कै त्यस्तै पनि नभएको बताउँछन् कर्ण, भन्छन्- ‘विज्ञका साथ काम गरिरहेकै छौँ । भेटिन्छ भन्ने छ हामीलाई त ।’

हुन त समितिले गत आइतबार नै अर्थमन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको थियो । त्यसबाट सकारात्मक कुरा नआएको सदस्यहरू स्वीकार्छन् । एक सदस्यले भनेका छन्, ‘सबैलाई सोधिसक्यो समितिले । अझै सोधपुछ गर्ने नै छ । तर सीसीटीभी फूटेज नैचाहिँ भेटिन्छ भन्नेमा अझै शङ्का छ । डिलेट भयो भनिएको त्यो डिलेट भएकै हो जस्तो छ ।’

विज्ञहरूलाई बोलाइयो

समितिका सदस्य कर्णकाअनुसार आज बिहान ११ बजे समितिको बैठक बस्दैछ । बैठकमा विज्ञहरूलाई समेत बोलाइएको छ । समितिले खासगरी प्रविधि तथा सीसीटीभीसम्बन्धी विज्ञहरूलाई बोलाएको छ । ‘हामी विज्ञहरूको सल्लाहअनुसार जान्छौँ र फूटेज निकाल्ने कोसिस गर्छौँ,’ उनले भने, ‘आजको बैठकमा विज्ञहरू आउनुहुन्छ र उहाँहरूको सल्लाहबमोजिम काम हुन्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>