चितवन विशेष

चितवनमा २२ वर्षिया युवतीलाई ललाई फकाई अनैतिक काम गर्न लागाउने गेष्ट हाउस संचालिका पक्राउ

Banner

चितवन,साउन ३-

चितवनमा मानव बेचबिखनको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीले भरतपुर महानगर १ मा रहेको कल्पना होटल एण्ड गेष्ट हाउसका संचालिका तनहुँ पोखरीभञ्याङ-५ घर भएकी ४० वर्षिया कल्पना महरालाई पक्राउ गरेको हो ।

कल्पनाले २२ वर्षिया युवतीलाई ललाई फकाई अनैतिक कार्य गराएको हुनाले मानव बेचबिखन तथा ओसार पसारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। महरामाथि चितवन जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसार पसार मुद्दामा म्याद अनुमती लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>