चितवन विशेष

चितवनमा पत्रकार आक्रमण गर्नेलाई कारवाही गर्न चौतर्फी दबाब,महासंघको केन्द्रीय टोली चितवन आउदै

Banner

चितवन,साउन २-

नारायणी अनलाइनका सम्पादक तथा संचारपत्र दैनिकका प्रकाशक पत्रकार कृष्ण आचार्यमाथि भएको आक्रमणबारे अध्ययन गर्न र घटनामा संलग्नलाई न्यायिक कारवाहीका लागि ध्यानाकर्षण गराउन नेपाल पत्रकार महासंघको केन्द्रीय टोली चितवन आउने भएको छ । उपाध्यक्ष उदय जिएमको संयोजकत्वमा सचिव सृजना अर्याल र केन्द्रीय सदस्य ध्रुवकुमार रावलको तीन सदस्यीय टोली चितवन खटाउने निर्णय भएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

टोली भोली सांझसम्म चितवन आईपुग्ने पुरीले बताउनुभयो । जिल्ला शाखासंग समन्वय गरेर टोलीले आक्रमणकारीलाई कारवाहीका लागि दवावमुलक कार्यक्रम समेत गर्नेछ । “अझै एकजना पक्राउ नपरेको बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, गृह मन्त्रालयमा समेत हामीले पक्राउका लागि ताकेता गरिरहेका छौ ।” महासचिव पुरीले भन्नुभयो ।

मुद्दा दर्ता भएका आठजना मध्ये बिधुत प्राधिकरण भरतपुरका प्रमुख राजिबकुमार सिंह पक्राउ परेका छैनन् । जिल्लास्थित पत्रकार सम्वद्द संघसंगठनले प्रमुखलाई समेत छिटो पक्राउ गरेर कानुनी कारवाही अगाडि बढाउन संयुक्त बक्तव्य जारी गर्दै आज ध्यानाकर्षण गराएका छन् । पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी , प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवन उपाध्यक्ष राजेन्द्र आचार्य , समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना र मिडिया नेपाल चितवनका अध्यक्ष समिक्षा पुरीले संयुक्त बिज्ञप्ति जारी गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>