चितवन विशेष

इनरह्वील भरतपुरको पदहस्तान्तरण

Banner

चितवन, साउन २–

इनरह्वील क्लब भरतपुरको १२ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सन् २००२०२३ का लागि निर्वाचित नयाँ कार्य समितिलाई विधिवत रूपमा पदस्थापन गरिएको सो कार्यक्रमका प्रमुख अतिथि इनरह्वील क्लब डिष्ट्रिक ३५० का चेयरपर्सन सिमा झा रहनु भएको थियो ।

निवर्तमान अध्यक्ष विमला अर्याल अधिकारीले नयाँ अध्यक्ष मधु साहलाई पद हस्तान्तरण गर्नु भएको थियो । साहको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति गठन भएको थियो । इनरह्वील क्लब महिलाहरूको अन्तराष्ट्रिय सामाजिक संस्था हो । कलबले सन् २०२२ मा महिला, बालबालिका र वातावरणको क्षेत्रमा विभिन्न गतिविधिहरू गरेको थियो । कोभिड महामारी जस्तो चुनौति रहे पनि क्लवको विगतको कार्यकाल फलदायी बनेको निवर्तमान अध्यक्ष विमला अर्याल अधिकारीले बताउनु भयो ।

निवर्तमान सचिव माया निउरेले क्लवले जेहन्दार विद्यार्थीलाई छात्रवृत्ती पनि दिदै आएको बताउनु भयो । छात्रवृत्ती वितरण लगायतका विगतका कार्यक्रमलाई निरञ्तरता दिदै थप नयाँ योजनाहरू पनि ल्याउने नयाँ अध्यक्ष मधु साहले बताउनु भयो । पदहस्तान्तरण कार्यक्रमका विशेष अतिथि भरतपुर रोटरी क्लवका अध्यक्ष भोला जोशी रहनु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>