Breaking News

भरतपुर महानगरमा साइकल खरिदमै अनियमितता,प्रतिस्पर्धा नगरी खरिद,विद्यार्थी छनोट अपारदर्शी

Banner

चितवन,असार ३१-

चितवनको भरतपुर महानगरपालिकाले साइकल खरिद गर्दा समेत अनियमिता गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा विपन्न परिवारका बालबालिकाको लागि साइकल खरिद गर्दा अनियमितता गरेको जनाएको छ ।

महानगरले प्रतिस्पर्धा नगरी साइकल खरिद गरेको र विद्यार्थी छनोट अपारदर्शी तरिकाले गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा १३ मा बेलपत्र सम्बन्धी कागज तयारि गरि बोलपत्रको माध्यमद्वारा खरिद गर्ने व्यवस्था छ । तर महानगरपालिकाले साइकलको स्पेसिफिकेशन बनाउँदा इण्डियन लेडिज साईकल अफ्रो कम्पनी वा सो सरह उल्लेख गरेको छ ।

प्रतिस्पर्धी विधिबाट खरिद गर्ने मालसामानको स्पेसिफिकेशन तयार गर्दा निश्चित कम्पनीको ब्राण्ड तथा नाम राखी ठेक्का गरेकोले प्रयाप्त प्रतिस्पर्धा नभएको महालेखाले जनाएको छ । महानगरपालिकाले २१ लाख ३० हजारमा ३३३ थान साइकल एक स्टोर्सबाट खरिद गरेको थियो । महानगरले साइकल वितरण गर्दा विद्यार्थी छनोट पनि पारदर्शी रुपमा नगरेको प्रतिबेदनमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>