Breaking News

रवि लामिछाने नेतृत्वको पार्टीको पहिलो जिल्ला भेला भोलि चितवनमा,भाषणमात्र नगर्ने कुरापनि सुन्ने

Banner

चितवन,असार २४-

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले भोलि (शनिवार) चितवन जिल्ला भेला गर्दैछ । असार ७ गते रास्वपा घोषणा गरेका लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेका हुन् । भरतपुरको हाकिम चोकस्थित मिड टाउन रिसोर्टमा दिउसो १२ बजे जिल्ला भेला गर्न लागिएको हो । सदस्य भइसकेका र हुन चाहानेहरुको भेलासंगै प्रशिक्षण र सम्बोधनको कार्यक्रम तय गरिएको छ । त्यसअघि बिहान ८ बजे युवा विद्यार्थीहरुको कुरा सुन्ने कार्यक्रम राखिएको छ । यस्तै साँझ ५ बजे पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको विधान तथा चिनारी पुस्तिका सार्वजनिक कार्यक्रम राखिएको छ । दिनभर चितवन रहेर पार्टीका गतिविधिहरु गरिने भिडियो सन्देश जारी गर्दै सभापति लामिछानेले बताएका छन् ।

उनले भने,‘भरतपुर आसपासका सबै नागरिकलाई उपस्थितिका लागि अनुरोध गर्छौ, हामी तपाईको कुरा सुन्न चितवन आउँदैछौं ।’ नयाँ सदस्यहरुलाई स्वागत गर्दै पार्टीका बारेमा जानकारी गराउने र प्रशिक्षण दिइने लामिछानेले बताए । सबै नागरिकका लागि पार्टीको ढोका खुल्ला रहेको उनको भनाई छ । ‘हामी खुल्ला हृदयका साथ काम गर्छै,उनले भने’,मलाई अन्याय पर्दा चितवनमा सबै जम्मा भएर साथ दिनुभएको थियो । पार्टी विस्तारको सुरुवात त्यही पवित्र ठाँउबाट गर्दैछु ।’ आफुलाई अन्याय पर्दा साथ दिने सबैलाई सम्मान गर्दै राजनीतिमा होमिएको लामिछानेको भनाई छ ।

चितवनको सिसा कम्पलेक्स, सहिद चोक, धौलागिरी फेन्सी स्टोर टाडी चोक, कँडेल चिया पसल देवघाट, पुरानो राजेश होटेल हाकिम चोकमा रास्वपाको पार्टी सदस्यता लिन सकिने लामिछाने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>