Breaking News

चितवनबाट गोरखा गइरहेको बस दुर्घटना,घाइतेलाई भरतपुर ल्याइँदै

Banner

चितवन,असार २२-

चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेकतर्फ गइरहेको यात्रुबहाक बस छोप्राकको राम्चेचौतारा नजिकै दुर्घटनामा परेको छ। आज दिउँसो यात्रुबहाक बस दुर्घटनामा परेको हो। दुर्घटनामा परेर २० जना यात्रु घाइते भएका छन्। ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमा पल्टेको थियो।

प्रहरीका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि चितवन ल्याइएको छ। बाँकी घाइतेको छेपेटारस्थित पृथ्वी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनामा परेर सामान्य घाइते भएका यात्रु पवन पोखरेलले घुम्तीबाट बस पछाडि हटेर सडकमा पल्टिएको बताए। उकालो र घुम्ती रहेको सडकबाट बस करिब ३० मिटर तल हटेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>