चितवन विशेष

लायन्स र रोट्रयाक्टको संयुक्त आयोजनामा नारायणगढको जोरकुसुम पार्कमा वृक्षरोपण

Banner

चितवन, असार २१-

भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको जोर कुसुम पार्कमा वृक्षरोपण गरिएको छ । वृक्षरोपण कार्यक्रम रोट्रयाक्ट क्लब अफ भरतपुर र लायन्स क्लब अफ नारायणगढ बालकुमारीले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

वृक्षरोपणका क्रममा औषधीय गुण भएका अमला, निम, हर्रो, बर्रोका बिरुवा त्यस्तै, कागती, आँप, लिची जस्ता फलफूल र कल्की फूलका बिरुवाहरु रोपिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका द्वितीय उपाध्यक्ष शेरबहादुर पौडेलले बताउनुभयो । उक्त कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष रामचन्द्र सापकोटाले बिरुवा रोपेर मात्रै नहुने भएकाले पार्कको समितिले पार्क व्यवस्थित गर्न वृहत् गुरु योजना ल्याउनुपर्ने बताउनुभयो । पार्कले ल्याएको गुरु योजना अनुसार सामाजिक संस्थाहरुलाई दीर्घकालीन वा अल्पकालीन सौन्दर्यका कार्य जिम्मा लगाएमात्र पार्क व्यवस्थित गर्न सकिने उहाँले बताउनुभयो ।

रोट्रयाक्ट क्लब अफ भरतपुरका पूर्व अध्यक्ष मन्दिपमान श्रेष्ठले जोर कुसुम जस्ता पार्कहरुमा प्लाष्टिकजन्य फोहोर बढेको र यसले पर्यावरणमा पुर्‍याउने असरलाई दृष्टिगत गर्दै यसतर्फ पनि पार्क समितिले उचित नीति नियम लागू गर्नुपर्नेमा जोड दिनुभएको थियो । मंगलबार आयोजित वृक्षरोपणमा ३०० बिरुवा रोप्ने लक्ष्य गरिएको भए पनि जम्मा ५० बिरुवा रोपिएको र बाँकी बिरुवा पार्क निर्माण समितिले लिने नीति बमोजिम सरसफाइ र संरक्षणको प्रबन्ध मिलाउने गरी निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका द्वितीय उपाध्यक्ष शेरबहादुर पौडेलले बताउनुभयो ।

रोट्रयाक्ट क्लब अफ भरतपुरका अध्यक्ष स्वरुप तिवारीको अध्यक्षता भएको कार्यक्रममा जोर कुसुम पार्कका निर्माण संयोजक मदनलाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>