कर्पोरेट

चितवन मोबाइल व्यवसायी संघको संगठन विस्तार

Banner

चितवन, २० असार ।
चितवन मोबाइल व्यवसायी संघले सङ्गठन विस्तार तथा परिचयात्मक कार्यक्रम गरेको छ । संघले सोमबार आयोजना गरेको कार्यक्रमबाट प्रकाश अर्यालको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा केशव क्षेत्र, उपाध्यक्षहरुमा विक्रम कँडेल, रतन भट्ट, विनय श्रेष्ठ तथा श्रीधर रेग्मी रहनुभएको छ । त्यस्तै, सचिवमा भूपेन्द्र भट्टराई सुरेश, सहसचिवमा दीपेन्द्र खड्का, कोषाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा सुरज पौडेललाई चयन गरेको उपाध्यक्ष विक्रम कँडेलले जानकारी दिनुभयो । कँडेलकाअनुसार संघले आगामी ६ महिनाभित्र अधिवेशन गरेर नयाँ कार्यसमिति घोषणा गर्नेछ ।
त्यस्तै सोमबारको विस्तारित भेलाले जगदिश पन्तको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको कँडेलले बताउनुभयो । यसैबीच, सो कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले वार्षिक ४० अर्ब रुपैयाँ भन्दा बढी राजस्व चिर्ने मोबाइल व्यवसायीलाई राज्यले उपेक्षा गरेको बताउनुभयो । आफूहरुले राज्यलाई धेरै कर तिर्ने गरेको भए पनि व्यवसाय सुरक्षित नभएको भट्टराईको भनाइ छ ।
उहाँले मोबाइल व्यवसायीले देशभरमा एक लाख ५१ हजार व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगार दिएको बताउनुभयो । उपभोक्ताको हितलाई ध्यानमा राखेर गुणस्तीय उत्पादन मात्रै बिक्री गर्नुपर्ने उल्लेख गर्दै भट्टराईले आफूहरुको नाफाको प्रतिशत बढाउनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
सो कार्यक्रमका वक्ताहरुले अहिले मोबाइल बिक्रेताहरुले बढीमा पाँच प्रतिशतसम्म मात्रै मुनाफा पाउने गरेको भन्दै यो प्रतिशत बढाउन दबाब दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम तदर्थ समितिका अध्यक्ष प्रकाश अर्यालको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>