चितवन विशेष

चितवनका चिकित्सक डा पौडेलको नयाँ पुस्तक ‘लय छुटेको समय’ बजारमा

Banner

चितवन, असार १९-

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलको नयाँ पुस्तक ‘लय छुटेको समय’ बजारमा आएको छ ।

हाडजोर्नी रोग विशेषज्ञ डा पौडेलले कोरोनाको समयमा लेखिएका निबन्धहरुमा अन्य नयाँ निबन्धहरु थप गरी सो पुस्तक प्रकाशन गरेका हुन् ।

सांग्रिला बुक्सले छापेको यो पुस्तकमा ५७ वटा निबन्ध संग्रहित छन् । पुस्तकको असार ३२ गते औपचारिक कार्यक्रम गरेर चितवनमा सार्वजनिक गरिने डा पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

डा पौडेलले भनेका छन्, ‘यो किताब बिरामी र डाक्टरका भोगाईहरु समेटिएको निबन्ध संग्रह हो । बिरामीका आफ्नै कथा; डाक्टरका आफ्नै कहानी । भिर माहुरीलाई भीरकै पीर, घर माहुरीलाई घरकै पीर भने जस्तै । पहिलो खण्डमा यस्तै लेखहरु समेटिएका छन् भने दोस्रो खण्डमा कोरोना समय सुरु भएपछि दोस्रो लहरसम्मका संस्मरणहरु छन् । मेडिकल सोसियोलोजीले खोज्ने मन छुने कुराहरु र यथार्थहरु यसमा पस्किएको छु । यहाँहरुले पढिदिए र ‘राम्रै रहेछ’ भनिदिए आभारी हुनेछु ।’ चितवनको रत्ननगर नगरपालिकामा स्थायी बसोबास गर्ने डा पौडेलको यो तेस्रो कृति हो । रत्ननगरको नेपाल माध्यमिक विद्यालयबाट प्ररम्भिक शिक्षा लिएको पौडेलले विद्यालयदेखि नै साहित्यिक गतिविधिमा रुचि राख्थे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>