चितवन विशेष

भरतपुरको युटेक कलेजमा निःशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

Banner

चितवन,असार १८-

भरतपुर ११ स्थित युनाईटेड टेक्निकल कलेज (युटेक) मा आईतबार रक्तदान कार्यक्रम गरिएको छ । कलेजको १४ औँ वार्षिक उत्सबको अवसरमा कलेज परिसरमा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी १०६ जनाले रक्तदान गरेको कलेजका प्रमुख प्रशासकीय अधिकृत बिनोद ढकालले जानकारी दिनुभयो । कलेजले आफ्नो वार्षिक उत्सबको अवसरमा बिगतका बर्षहरु देखिनै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

साथै कलेजले भरतपुर नारायणी सामुदायिक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर किशोर गौतमको टोलीद्वारा हेल्थ क्याम्प पनि आयोजना गरेको थियो । जस्मा बिध्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा कलेजका संचालक समितिका अध्यक्ष चुणामणि खनाल प्रमुख अतिथि रहनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>