चितवन विशेष
चितवनमा घर बहाल सरोकार महासंघको १२ औं स्थापना दिवस मनाइयो

चितवन, असार १९-
घर बहाल सरोकार महासंघको १२ औ स्थापना दिवस चितवनमा मनाइएको छ ।
‘कर मैत्री स्थानीय सरकार , कर प्रणालीमा व्यापक सुधार’ भन्ने मुल नाराका साथ घर बहाल उपभोक्ता मञ्च चितवनले स्थापना दिवस मनाएको हो ।
मञ्चका अध्यक्ष खेम नारायण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष एवम् महासंघका केन्द्रीय सल्लाहकार समिति संयोजक हेमराज पौडेलले अहिलेको केन्द्रको मूल नारा ‘बहाल मैत्री स्थानीय सरकार, कर प्रणालीमा व्यापक सुधार’ लाई सार्थक तुल्याउनका लागि विभिन्न पालिकासँग समन्वय गरेको र यसलाई निरन्तर लैजाने बताए । साथै बहालसम्बन्धी समस्या समाधानका लागि सरकारले अझै वृहतरुपमा ऐन र कानुन मार्फत सम्बोधन गर्न अनुरोध गरे ।
संघका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद कँडेलले केही जिल्लामा संस्था दर्ता गर्ने प्रक्रियामा केही समस्या देखिएको र त्यस्ता ठाउँमा महासंघ मार्फत् सहजीकरण गरी दर्ता प्रक्रिया सम्पन्न गरिएको बताए । त्यसैगरी केन्द्रीय महिला उपाध्यक्ष पवित्रा जोशीले घरबहाल उपभोक्ता मञ्च चितवनले धेरै समस्या समाधान गरेको र आवस्यक परेको खण्डमा महासंघले पनि सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा शुभकामना मन्तव्य केन्द्रीय सदस्य एवम् जिल्ला सल्लाहकार पाण्डव ढकाल, महिला कार्यसमिति सदस्य दीपा शाहीलगायतले राखेका थिए ।
कार्यक्रममा मञ्चका बरिष्ठ उपाध्यक्ष एवम् विवाद समाधान समिति संयोजक लक्ष्मी कार्कीले गर्दै घरधनी र बहालमा बस्ने व्यावसायीहरुबाट परेका निवेदन उपर मञ्चले निष्पक्ष रूपमा नीति र विधिको अवलम्बन गर्दै सैधान्तिक र ब्यबहारिक रुपबाट समाधान गरेको बताइन् । सो कार्यक्रममा मञ्चका सल्लाहकार सुमित्रा महर्जन, रामप्रसाद पौडेल मञ्चका पदाधिकारी ,निवर्तमान अध्यक्ष हरिशर्मा पौडेल, माडी एकाई संयोजक उमा सापकोटा तथा जिल्लाका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियोे ।
१२ औं स्थापना दिवसमा १२ वटा मैनबत्ती बाली कार्यक्रम उद्घाटन गरिएको थियोे । महासचिव जनकलाल कट्टेलबाट सञ्चालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष पराजुलीले लगत्तै यही असार २९ गते जिल्लाको स्थापना दिवस भएकोले सो कार्यक्रमलाई अझै बृहत रूपमा सम्पन्न गर्ने बताए । घर बहाल सम्बन्धी समस्याहरुलाई संस्थागत रूपमा समाधान गर्दै बहाल कर सम्बन्धी समस्यालाई पालिका मार्फत् सहजीकरण गर्न र करको दरलाई घटाई वास्तविक बहालको कर लिइ करको दायरा बढाउनका लागि संस्थाले अनुरोध गर्दै आएको र आगामी दिनमा पनि सो कार्यान्वयन गर्न अनुरोध गर्ने उनले बताए ।


























