Breaking News

बाबुराम भट्टराईलाई माओवादीमा फर्काउन कुराकानी चलिरहेको छः देवेन्द्र पौडेल

Banner

काठमाडौं,असार १९-

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पार्टीमा फर्काउन कुराकानी चलिरहेको बताएका छन् । उनी मूल पार्टीमा फर्किन तयार रहेको समेत पौडेलले दाबी गरे । काठमाडौंमा आइतवार शुरू केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले भट्टराई माओवादीमा फर्किँदा इतिहासको सही मूल्यांकन हुने बताएका हुन् ।

‘बाबुराम भट्टराई माओवादीको सिनियर नेता हुनुहुन्थ्यो, यो भन्दा बाहिर जाँदा उहाँको त्यति राम्रो भइरहेको देख्दैनौं,’ पौडेलले पत्रकारहरूसँग भने, ‘उहाँ पार्टीमा फर्किँदा इतिहासको सही मूल्यांकन र कार्यकर्ता तथा जनता खुशी हुन्छन् । पार्टीमा आउने सम्भावना छ । कुराकानी चलिरहेको छ ।’

२०७२ सालमा संविधान बनेलगत्तै बाबुरामले माओवादी त्यागेका थिए । त्यो बेला बाबुरामसँगै नयाँ शक्तिमा लागेका पौडेल पछि माओवादीमा फर्किएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>