देश/प्रदेश

बजेट आश्रित विधेयकमाथिको छलफल, एमालेले गर्‍यो बहिष्कार

Banner

काठमाडौँ, असार १७-

प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । आफूहरुले गरेको मागको सुनुवाइ नभएको भन्दै एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको हो ।

शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयकमाथि दफावार छलफलका गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने वित्तिकै एमालेले उठेर विरोध जनाएको थियो । तर एमालेले अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएको छ । आफूहरुले गरेको मागमा सुनुवाइ नभएको भन्दै बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेका हुन् ।

त्यस्तै एमाले बाहेकका सांसदहरुको अनुपस्थितिकाबीच पनि राष्ट्रिय सभामा आर्थिक विधेयकमाथि छलफल जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>