देश/प्रदेश
विद्यार्थीलाई कुटपिट गर्ने विद्यालयका सञ्चालकमाथि कारबाहीको माग
०
![Banner](https://narayanionline.com/wp-content/uploads/2022/07/Bharat-Baba-School.jpg)
इन्दिप कोइराला,
बारा, असार १७-
विद्यार्थीमाथि कुटपिट गर्ने भरत बाबा स्कुलका सञ्चालकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय बारामा उजुरी परेको छ ।
बाराको देवताल गाउँपालिका-७ का हाल कलैया उपमहानगरपालिका-५ बस्दै आएका वर्ष ४० का सञ्जिव यादवले विद्यालयको कक्षा १० मा अध्ययनरत विवेक यादवलाई कुटपिट गरी यातना दिएको भन्दै बोर्डिङ स्कुल सञ्चालक रविन थापामाथि कारबाही माग गरेका छन ।
विद्यालयमा अध्ययनरत विवेक र सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत काजल यादवसँग चर्को मांसिक शुल्क लिई अन्य अभिभाकसँग समेत विभिन्न शुल्कको नाममा विद्यालय सञ्चालक थापाले ठगी धन्दा चलाएको पनि उजुरी पत्रमा उल्लेख छ ।
विद्यालयले कक्षा १० मा अध्ययनरत विद्यार्थीसँग प्रत्येक महिना पाँच हजार र वार्षिक शुल्कको नाममा तीन हजार गरी आठ हजार लिएको सञ्जिव यादवले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>