Breaking News

बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा माग, काँग्रेस र माओवादी मन्त्री फिर्ता बोलाउने तयारीमा

Banner

काठमाडौँ, असार १७-

 बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले गर्दै आएका छन् । तर पछिल्लो समय प्रदेश मुख्यमन्त्री फेर्न सत्ता साझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्रले दबाब दिदैँ आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेको हो ।

मुख्यमन्त्री पाण्डेले राजीनामा नदिएको अवस्थामा सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने गरी संसदीय दलमा छलफल भएको नेपाली काँग्रेसका एक प्रदेशसभा सदस्यले जनाए ।

मुख्यमन्त्री फेर्न काँग्रेस र माओवादीको संसदीय दलको बैठकमा यसबारे छलफल भइसके र दुवै दल मुख्यमन्त्री फेर्नुपर्ने पक्षमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>