समाचार

काठमाडौंमा भीख माग्न निषेध,अटेर गर्नेलाई कारबाही

Banner

काठमाडौं,असार १७-

काठमाडौं महानगरभित्रका क्षेत्रमा भीख माग्न निषेध गरिएको छ । महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको जनाएको हो ।

तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने पाइने सूचनामा उल्लेख छ । अबको १० दिनभित्र नियम पालना नगरे कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>