अन्तर्राष्ट्रिय

खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियामा पिठो अब विलासी खाद्यान्न

Banner

प्योङयाङ, असार १६-

उत्तर कोरियामा पिठोको मूल्य यस्तो चर्को ढंगले बृद्धि भइरहेको छ की केवल धनी मानिसले मात्र यसलाई किन्न सक्ने भएका छन् । विश्वमा खाद्य संकट बढिरहेका बेला उत्तर कोरियामा पिठोको मूल्यमा वृद्धि भएको हो । चामलको तुलनामा पिठोको मूल्य बढेको हो ।

कोभिड संक्रमणसँग जुधिरहेका बेला उत्तर कोरियाले धेरै परिवार अज्ञात आन्द्रा रोगको सिकार भएको जनाएको थियो । रोगविरुद्ध लड्न अधिकतम आपत्कालीन महामारी रोकथाम प्रणालीबीच गत महिना कोरोनाभाइरस संक्रमण देखिएको सरकारले जनाएको थियो । कठोर प्रतिबन्धबीच ४५ लाख जनालाई कोभिड भएको ७३ जनाको मृत्यु भएको थियो ।

आयातित पीठो महँगो भएकाले उत्तर कोरियालीहरूलाई पिठो किन्न गाह्रो भइरहेको विवरणहरूमा जनाइएको छ । सन् २०२० मा कोभिड महामारीले विश्वभर असर गरेका बेला सस्तो रुसी र चिनियाँ पिठोको आयातमा रोक लगाएको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>