चितवन विशेष

विपद्मा हुने क्षति न्यूनीकरण गर्न र उद्दारमा खटिन कार्यकर्तालाई माओवादी केन्द्र चितवनको निर्देशन

०
Banner

चितवन, असार १५–

नेकपा (माओवादी केन्द्र) चितवनले लगातारको वर्षा भइरहेकाले प्राकृतिक विपद्ले पार्न सक्ने धनजनको क्षति न्यून गर्न पूर्व सतर्कतासहित उद्दारको काममा खट्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति कार्यालयको मंगलबार बसेको विस्तारित बैठकले पार्टी पंक्तीलाई पूर्व सतर्कतासहित उद्दारको काममा खट्न निर्देशन दिएको हो । जिल्ला संयोजक रामचन्द्र अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ–‘वर्षाद्को सुरुवात भइसकेको हुँदा चितवनका नारायणी, राप्ती, खगेरी, कयरखोला, माडीका विभिन्न खोला र पहाडी क्षेत्रमा बाढी पहिरो तथा प्राकृतिक विपद्ले पार्न सक्ने धनजनको क्षति न्यून गर्न पूर्व सतर्कतासहित उद्दारको काममा जनसेवाको भावसहित सम्पूर्ण पार्टी पंक्ती लाग्न निर्देशन गरिएको छ ।’

संयोजक अधिकारीले चितवनमा हिजोदेखि निरन्तर वर्षा हुन थालेको भन्दै सबै चितवनबासीलाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन् । चितवनमा बाढीबाट पश्चिम चितवन र माडी क्षेत्र बढी जोखिम छ भने पूर्वी चितवनका पनि धेरै ठाउँ जोखिममा छन् । जिल्लाका पहाडी भेगमा पहिरोको जोखिम छ । गतवर्ष पनि पहिरो र बाढीबाट केहीले ज्यान गुमाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>