भिडियो

पप गायक विजय लामाको नयाँ गीत ‘नलाउ भन्छु माया’ सार्वजनिक

Banner

चितवन, असार १५-

लोकप्रिय पप गायक विजय लामाले ‘नलाउ भन्छु माया’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

गायक तथा संगीतकार सञ्जिब पुडासैनीको शब्द तथा संगीतमा तयार भएको गीतमा शैलेन्द्र प्रधान ‘बाबु’ को एरेन्ज रहेको छ । गीतमा किसान श्रेष्ठको मिक्स एण्ड मास्टरिङ रहेको छ । भिडियोमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय रहेको छ ।

प्रेम, रोमान्स र धोकालाई नजिकबाट केलाइएको नलाउ भन्छु मायामा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । जसमा गायक लामा कलाकारका रुपमा नयाँ भूमिकामा देखा परेका छन् । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोको छायांकन पर्यटकीय नगरी नगरकोटमा गरिएको हो ।

गायक लामाका तोगंबाको तातो पानी, नखानु पानी तोगंबाको, ए कान्छी तिमीलाई , भोली फर्की आउँछु आउँदिनलगायतका गीतहरुले राम्रो चर्चा कमाएका छन् । गायक लामाको मंगलबार सार्वजनिक गरिएको गीतको भिडियो उनको आफ्नै च्यानल विजय लामा अफिसियलबाट बजारमा ल्याइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>