चितवन विशेष

नारायणगढ-मुग्लिन र मुग्लिन-कुरिनटार सडकमा एकतर्फी यातायात सञ्चालन

Banner

चितवन,असार १५-

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक र पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार सडक खण्डमा बुधबार बिहानदेखि एकतर्फी यातायात सञ्चालन भएका छन् । नारायणगढ मुग्लिन सडकको चार किलो र टोपे खोलामा पहिरो गएपछि एकतर्फी रुपमा सवारी सञ्चालन भएका हुन् । त्यस्तै पृथ्वीराजमार्गको मुग्लिन नजिकै नाग्दी खोला र घोप्टेभीरमा पनि पहिरो खसेको चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टले जानकारी दिए । यी ठाउँहरूमा एकतर्फी यातायात चलेको उनले बताए ।

यी सडक खण्ड राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य सडक हुन् । दिनमै १० हजारभन्दा बढी गाडी यी सडक हुँदै ओहरदोहोर गर्दछन् । वर्षा भइरहँदा सजग भएर यात्रा गर्न र तछाडमछाड नगरी लेनअनुसार गाडी चलाउन प्रहरीले अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>