चितवन विशेष

चितवनको टिकौलीमा दुई कार ठोक्किए,दुई घाइते, एक गम्भीर

Banner

चितवन,असार १३-

चितवनको टिकौली जंगलमा दुई कार एक आपसमा जुध्द्धा दुर्घटना भएको छ । आज (सोमबार) अपरान्ह ५ः५० बजेको समयमा भरतपुर महानगरपालिका–१२ टिकौली जंगल स्थित पूर्वपश्चिम राजमार्गमा भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च २८३९ नम्बरको कार र विपरित दिशाबाट आइरहेको बा २५ च २५२२ नम्बरको कारएक आपसमा जुध्द्धा दुर्घटना भएको हो ।

दुर्घटनामा बा २५ च २५२२ नम्बरको कारका चालक पर्सा विरगन्ज महानगरपालिका २५ का २५ बर्षिय सुनिल पटेल र सोही कारमा सवार विरगन्ज महानगरपालिका ६ बस्ने ६० बर्षिय चन्द्र प्रसाद पेटल घाइते भएका छन् । घाइते मध्ये सुनिलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रदेश ३–०१–०२३ च २८३९ नम्बरको कारका चालकलाई नियन्त्रणमा लिएको छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>