चितवन विशेष

महिला पहिला अभियान सहित हिंसा बिरुद्ध अगाडि बढ्ने मन्त्रालयको तयारीः मन्त्री रेग्मी

Banner

सिन्धु ढकाल,

चितवन असार १२-

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले लैगिंक हिंसालाई कम गर्दै महिलाहरुको समग्र विकासका लागी मन्त्रालयले महिला पहिला भन्ने नारा सहित कार्यक्रम संचालन गर्ने तयारी गरेको बताउनुभएको छ । मन्त्रालयले चितवनको भरतपुरमा आयोजना गरेको महिला उद्यमशिलता विकास प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले ९५ प्रतिशत भन्दा वढि हिंसा घर भित्र हुने गरेकोले हिंसा विरुद्धको अभियानमा पुरुषहरुलाई पनि समावेश गराउन मन्त्रालयले अभियान सुरुवात गर्न लागेको बताउनुभएको हो ।

घरेलु हिसां बिरुद्धको अभियान साथै महिलाको नेतृत्व क्षमताको विकास गर्नु आवश्यक भएकोले महिलाहरुको उद्यमशीलता प्रवद्र्धनका लागी मन्त्रालयले बिभिन्न किसिमका सीप विकास तथा बजारीकरण सम्बन्धि तालिम संचालन गरेको उहाँले जानकारी दिनुभयो ।असार ३ गतेवाट १० दिनसम्म संचालन भएको तालिममा भरतपुर र रत्ननगरका गरी २० जना उद्यमी महिलाहरुको सहभागिता रहेको थियो ।

मन्त्रालयकी महिला विकास अधिकृत रमा पौडेलको अध्यक्षतामा कार्यक्रम समापन गरिएको हो । कार्यक्रममा सरोज अधिकारी, शान्ती दाहाल र रत्ना घिमीरेले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको संयोजन तथा सहजिकरण भवानी अधिकारीले गर्नुभएको थियो । सहभागीहरुले तालिमले उद्यमी महिलाहरुलाई उद्यमशिलताको बहुआयामिक पक्षहरुको बिषयमा जानकारी गराएको भन्दै उत्पादनको बजारीकरणका लागी सहज बातावरण बनाउन सके महिलाहरु व्यवसाय मार्फत अगाडि बढ्न सक्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>