चितवन विशेष

भरतपुर-७ का जेष्ठ नागरिकलाई वडा कार्यालको सम्मान

Banner

चितवन,असार १२-

भरतपुर महानगरपालिका वडा नम्वर ७ का ६५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा कार्यालयले आज (आइतबार) एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकलाई सम्मान गरेको हो । वडामा स्थायी रुपमा बसोबास गर्दै आएका उनिहरुले समाजमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमलाई वडाले निरन्तरता दिने बताउनुभयो ।

वडामा ७९ बर्ष पूरा भएका वडा भित्रका नागरिकलाई सम्मान गरिएको कार्यक्रम संयोजक मिन बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले जेष्ठ नागरिकहरु ज्यूदो इतिहाँस भएको भन्दै उहाँहरुलाई हौसला प्रदान गर्दै आशिर्वाद लिएको बताउनुभयो । उनिहरुलाई रामनमी, मायाको चिनो र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियोे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>