Breaking News
मेयर दाहालद्धारा भरतपुरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

चितवन, असार १०–
भरतपुर महानगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
शुक्रबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा ११ औ नगरसभामा महानगर नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा भरतपुरमा निर्माणधिन राष्ट्रिय गौरवको आयोजनालाई निरन्तरतालाई प्रथामिकता दिइएको छ ।
त्यस्तै सहरी पूर्वाधार विकास अन्तरगत सडक तथा भवन निर्माणलाई अगाडि बढाउने नीति लिएको छ । महानगरपालिकालाई हरियाली, वातावरण मैत्री तथा खेलकुदमैत्री शहरको रुपमा अगाडि बढाउन एक वडा, एक पार्क तथा एक वडा, एक खेल मैदान हुने गरी पूर्वाधार निर्माण कार्यलाई निरन्तारता दिइने जनाएको छ ।
यस्तै खानेपानी, वतावरण, सरसफाई तथा हरियाली प्रवद्र्धनलाई गर्ने नीति लिएको महानगर प्रमुख दाहालले बताउनुभयो ।
महानगरपालिकाले भरतपुरलाई डिजिटल र स्मार्ट बनाउने अभियानलाई तीब्रताका साथ अगाडि बढाउने भएको छ । महानगरमा हाल प्रयोगमा आइसकेको अनलाईन राजस्व प्रणाली, अनलाईन पेमेन्ट लगायतका प्रविधिको थप विकास गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र गुणस्तरीय बनाउने नीति लिएको छ ।
यस्तै शिक्षा विकासमा महानगरपालिकालाई उच्च शिक्षाको उत्कृष्ट हबका रूपमा विकास गर्नका लागि अहिले शिक्षाकोठाको शिक्षण सिकाइलाई केन्द्रमा राख्ने जनाएको छ ।
त्यस्तै कृषि विकासमा महानगरपालिकाले कृषि उत्पादनमा वृद्धि गरी उत्पादनको न्युनतम लागतमूल्यका आधारमा न्यूनतम बजार मूल्य तोक्ने नीति लिएको छ ।
यस्तै भरतपुर महानगर आर्गनिक शहरको अधियनको समेत थालनी गरी मेड ईन भरतपुर भन्ने ब्रान्डिङका लागि आवश्यक पहल गर्ने जनाइएको छ । त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा सहकारीसँगको समन्वयमा मेयरसँग किसान कार्यक्रम सञ्चालन गरी प्राविधिक ज्ञान, तालिम, अनुसन्धानका कार्यहरु गर्ने नीति लिएको छ ।


























