चितवन विशेष

भरतपुरमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दियो,एकको मृत्यु,एक घाइते

Banner

चितवन,असार ७-

चितवनमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । आज (मंगलबार) विहान १०ः१० बजेको समयमा भरतपुर महानगरपालिका ४ अनुपचोक स्थित भित्रि सडकमा डेरी चोकबाट यज्ञपुरीतर्फ जाँदै गरेको ना १ क ३५९६ नम्बरको होली भिजन पब्लिक स्कूलको बसले आनन्दपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ३३ प ३६६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार बाग्लुङ हटिया गाँउपालिका बस्ने ३४ बर्षिय विनोद थापाको मृत्यु चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाँउका ३४ बर्षिय आयुस बोहोरा घाइते भएका छन् । उनको गम्भिर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>