चितवन विशेष

जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण अधिकारी निर्वाचित

Banner

चितवन,जेठ ३१-

जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायण प्रसाद अधिकारी विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी भएका हुन् । दुवै उम्मेद्वारले ७/७ मत ल्याएका थिए । जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित भएका हुन् ।

एमाले पक्षले आफ्नो पक्षमा मत ल्याउन राप्ती नगरपालिका प्रमुख नेकपा एसका शमशेर लामालाई रिझाउने प्रयास गरेको थियो । तर गठबन्धनको सबै ७ मत नेपाली काँग्रेसका  रानाभाटतिर पुगेपछि निर्वाचनको नतिजा गोलाप्रथाबाट गरिएको हो । उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध भइसकेकी छन् । चितवनका सात पालिका मध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र तीन उपप्रमुख जितेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>