गसिप

र्‍यापर जी-बब र उनका बुबा बीच तीन बुँदे सहमति

Banner

काठमाडौं,जेठ ३०-

र्‍यापर सुदिप भण्डारी (जी-बब), उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीन बुँदे सहमति भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा उनीहरुबीच तीन बुँदे सहमति भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

सहमति अनुसार भण्डारीलाई केही समय समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा अन्य व्यक्ति सरह नै राखिने भएको छ । ‘केही समयको लागि नीजले चाहेको समयमा आमा बुबालाई भेट गराउने ब्यवस्था समर्पण समाज नेपाल, कपनले मिलाउने’ सहमतिको दोस्रो बुँदामा भनिएको छ ।

साथै, कुनै प्रकारको कार्यक्रममा भाग लिनु परेमा आमा बुबाको सहमति लिनुपर्ने पनि भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>