चितवन विशेष

भरतपुर-१६ का युवा दिवस चापागाई पाँच दिनदेखि सम्पर्कविहिन,खोजी गरिदिन आग्रह

Banner

चितवन,जेठ २७-

चितवनको भरतपुर महानगरपालिका १६ का २५ बर्षिय युवा दिवस चापागाई पाँच दिनदेखि वेपत्ता भएका छन् । आइतबार विहान ११ बजे घरबाट निस्किएका दिवस पाँच दिनसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् । चितवन शिक्षा सदन इङलिस स्कूलमा अध्यापन गराउँदै आएका दिवस केही समयदेखि घरमै आराम गरिरहेका थिए ।

उनलाई अन्तिम समय भरतपुरको ज्ञानेश्वर सामुदायीक वन क्षेत्रमा देखिएको स्थानियले बताएको दिवसका अंकल झलनाथ चापागाईले बताउनुभयो । आफन्तले खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा समेत निवेदन दिएका छन् । दिवसलाई भेट्नुहुने वा देख्नुहुनेले ९८४५३७२३६५,९८५५०५१५१८,९८४५५९६१७२ नम्वरमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>