Breaking News

चितवनमा सेफ्टी ट्याङकी सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु

Banner

चितवन,जेठ २५-

चितवनमा सेफ्टी ट्याङकी सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु भएको छ । आज (बुधबार) ६ः३० बजेको समयमा भरतपुर महानगरपालिका १९ तमुटोल बस्ने रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङकी सफा गर्ने क्रममा खसेर दुई जना मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कपिलबस्तु शिवराज नगरपालिका ९ का २४ बर्षिय छतिराम थारु र राम चौधरी रहेका छन् । सेफ्टी ट्याङकी सफा गर्ने क्रममा अचानक चिप्लिएर खसेका छतिरामलाई निकाल्न भित्र पसेका राम चौधरीको पनि निसास्सीएर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>