चितवन विशेष

चितवनमा पनि व्यवसायीले सुरु गरे सार्वजनिक शौचालय,होटल जमघट थाल्यो निःशुल्क सेवा

Banner

चितवन,जेठ २५-

विभिन्न व्यवसायीक प्रतिष्ठानहरुले काठमाडौंमा संचालन गरेको निःशुल्क सार्वजनिक शौचालय अभियान चितवनमा पनि सुरु गरिएको छ । चितवनका व्यवसायीले आफ्नो होटलको अगाडि सार्बजनिक शौचालयको बोर्ड राखेर अभियानको सुरुवात गरेका छन् । होटल जमघटले नारायणगढ र भरतपुरको कन्द्रिय बसपार्क चोकस्थित आफ्नो होटलमा निःशुल्क शौचालयको सुरुवात गरेको छ । काठमाडौंका मेयर बालेन्द्र शाहको तस्विर सहित निःशुल्क शौचालयको बोर्ड होटल अगाडि राखिएको छ ।

होटलका संचालक कृष्ण भट्टले भरतपुरमा पनि सार्वजनिक शौचालयको अभाव रहेको भन्दै अभियानको सुरुवात गरेको नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘काठमाडौंमा सुरु भएको अभियानलाई साथ दिँदै चितवनमा पनि सुरु गरेका हौं,यहाँ पनि सार्वजनिक शौचालयको अभाव छ ।’ उहाँले हरेक व्यवसायी र संघसंस्थाले यो अभियानलाई संचालन गर्न सके चितवनमा पनि सार्वजनिक शौचालयको समस्या केही हदसम्म समाधान हुने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>