Breaking News

जिसस चितवनको निर्वाचन तालिका सार्वजनिक, जेठ ३१ गते मतदान

Banner

चितवन, जेठ २५–

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जिल्ला समन्वय समिति चितवनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जेठ २८ देखिको निर्वाचन तालिका सार्वजनिक गरेका हुन् । जसअनुसार जिसस निर्वाचन जेठ ३१ गते विहान १० बजेदेखि १२ बजेसम्म चल्ने छ । लगत्तै मतगणना चल्ने छ ।

निर्वाचन तालिका अनुसार जेठ २८ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ । सोही दिन दिउँसो २ बजेसम्म नामावली सच्याउन छुट नाम समावेश गर्न दरखास्तका लागि समय तोकिएको छ । दिउँसो ३ बजे संशोधित नामावली प्रकाशन गरिने छ भने अपरान्ह ५ बजेसम्म मतदाताको विरोधमा उजुरी दिने समय तोकिएको छ । जेठ २९ गते दिउँसो १ बजे अन्तिम नामावली प्रकाशन गरिने छ भने सोही दिन अपरान्ह ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोएिको छ ।

जेठ ३० गते विहान १० देखि ११ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरिने छ भने दिउँसो १२ बजेसम्ममा उम्मेदवारविरुद्ध उजुरी दिन पाइने छ । दिउँसो १ बजेसम्ममा मनोनयनपत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, २ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने छ । दिउँसो ३ बजेभित्रमा उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने ४ बजेभित्रमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने र अपरान्ह ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन तालिका अनुसार जेठ ३१ विहान १० देखि दिउँसो १२ बजेसम्म मतदानको समय रहेको छ भने त्यसलगत्तै मतगणना गरिने प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिए । यसपटक जिसस निर्वाचन रोचक हुने देखिएको छ । सत्तागठबन्धनमा आवद्ध दलहरुको ७ मत रहेको छ भने विपक्षी नेकपा (एमाले)को पनि समान ७ मत नै रहेको छ ।

पहिलो चरण निर्वाचनमा सबै उम्मेदवारको बराबरी मत आउने र त्यसलगत्तै गोलाप्रथाबाट विजेता चयन हुने संभावना प्रबल देखिएको छ । हालसम्म गठबन्धनका दलहरु एकजुट रहेकाले नतिजा गोलाप्रथाबाट नै हुने संभावना बलियो छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>