भिडियो

पञ्चेबाजा गीत ‘साइली’ सार्वजनिक

Banner

काठमाडौं, जेठ २५-

गायक सुन्दर परियार र गायिका कमला पोखरेलको आवाजमा रहेको ‘साइली’ गीतको भिडियो सार्वजनिक भएको छ ।

यही बिहेका लगनहरु तथा लगनका महिनाहरुलाई लक्षित गरि बिहेका भाकाहरु समेटिएको मौलिक पनको पञ्चेबाजा गीत ‘साइली’ गीतको भिडियो बजारमा आएको छ ।

सुन्दर परियारको शब्द तथा संगीतमा रहेको गीतलाई निकै आकर्षकरुपमा प्रस्तुत गरिएको छ । शिवराज भुर्तेलको छायांकन तथा सम्पादन र पर्वतराज छिनालको निर्देशनमा भिडियो निर्माण गरिएको छ । पञ्चेबाजा गीतको भिडियोमा सुरज प्रभात छिनाल, जुनु एसडी , मञ्जरी बस्याल , रेजिना र सम्झनाको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>